काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन् । उनले काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर घण्टीघर पुगेका हुन् ।
रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका छन ।
घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरे ।
बालेनसँगै सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् ।








