काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको सख्या ६१ पुगेको छ ।

नाम फिर्ताका लागि ६१ जनाले निवेदन दिएका निर्वाचन आयोगले जानकारी दिएको हो । जसमा सबैभन्दा धेरै २० जनाले जनमत पार्टीबाट नाम फिर्ताका लागि निवेदन दिएका हुन् ।

२ गतेसम्म दलले फिर्ता लिएको ठाउँमा नयाँ उम्मेदवारको नाम पेश गर्ने र ४ गते बन्दसूचीको प्रारम्भिक नामावली आयोगले सार्वजनिक गर्ने आयोगको तयारी छ ।