नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिएका छन् ।
जेनजी आन्दोलनका क्रममा घटेका घटनाका छानबिनका लागि गठित जाँचबुझ आयोगमा बयान दिन उनी सिंहदबारस्थित आयोगको कार्यालय पुगेका थिए ।
केही दिनअघि आयोगले पत्र काटेर लेखकलाई बयानका लागि बोलाएको थियो । जेनजी आन्दोलनका क्रममा उनी गृहमन्त्री थिए ।








