काठमाडौं । गृह मन्त्रालयले देशका १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) खटाउने निर्णय गरेको छ।
शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले यस सम्बन्धमा निर्णय गरेका हुन्।
निर्णयअनुसार, विभिन्न जिल्लामा निम्न अधिकारीहरू खटाइएका छन् :
भोजपुर – राजन पौडेल
पर्वत – लक्ष्मीप्रसाद पौडेल
खोटाङ – रेखा कँडेल
प्युठान – शान्तिराज प्रसाईं
लमजुङ – उमेश ढुंगाना
दोलखा – रामकृष्ण अधिकारी
सिन्धुपाल्चोक – शिवलाल तिवारी
इलाम – लक्ष्मण ढकाल
कञ्चनपुर – मदन कोइराला
नवलपरासी पश्चिम – दीपकराज नेपाल
सल्यान – महेन्द्र कुमार सापकोटा
हालै बढुवा भएका सापकोटासहित ७ जना अधिकारीहरूको पदस्थापन भएको छ, जसमा ६ जना सहसचिव र १ जना उपसचिव रहेका छन्।
यसैबीच, अन्य अधिकारीहरूलाई पनि सरुवा गरिएको छ। कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शशीधर घिमिरे नियुक्त भएका छन्। यसअघि उनी नुवाकोटमा प्रमुख जिल्ला अधिकारी रहेका थिए।








