काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक काठमाडौं नयाँबजारको एक ब्याक्वेटमा बस्नेछ ।
आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा विधान, संगठन, प्रतिबद्धता पत्र, राजनीतिक दस्तावेज लगायत विषयमा छलफल हुने प्रलोपाका नेताहरूले जानकारी गराएका छन् ।
नवगठित प्रलोपाको केन्द्रीय समिति १५१ सदस्यीय बनाइएको छ । प्रलोपाले पाँच सदस्यीय अध्यक्ष परिषद् बनाएको छ ।








