पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन-जी आन्दोलनमा आगजनी गरिएको संसद भवनको क्षतिको अवलोकन गरेकी छन् ।

केहीबेरअघि भण्डारी नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर क्षतिबारे जानकारी लिएकी हुन् । सोक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र संसद सचिवालयका कर्मचारीले क्षतिको अवस्थाबारे भण्डारीलाई जानकारी गराए ।

अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले आगजनी र तोडफोडबाट क्षतिग्रस्त जनप्रतिधिमूलक थलो संसद्को अवस्था देखेर आफू अत्यन्त दुःखित भएको बताइन् । गत भदौ २३ गते भएको जेनजी युवाको प्रदर्शनको निशानामा परेको संघीय संसद् भवनमा तोडफोड भएको थियो भने २४ गते आगजनी भएको थियो ।