नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो ।

यो अवधिमा २७ नयाँ दलले दर्ताका लागि निवेदन दिएका थिए । हालसम्म पाँच नयाँ दलले दर्ताको प्रमाणपत्र लिएका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्नेछन् ।

निर्वाचन आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको छ ।

आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थपे पनि दल दर्ता गराउने मिति भने यथावत राखेको छ ।