सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दैछ।
आज बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष सिंहदरबारमा बैठक बस्न लागेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार बैठकमा सङ्घ र प्रदेशका सांसदले गरिरहेका काम कारबाहीबारे छलफल हुनेछ। यद्यपि छलफलको मुख्य उद्देश्य भने सेवासुविधा खारेजीको विषय रहेको बुझिएको छ।
सरकारले केही दिनअघि मात्र सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीको सचिवालय सम्बन्धी सेवा सुविधा कटौती भएको थियो। यसबाट संद्दीय संसदका मात्र ३३२ पदाधिकारी र सांसदलाई प्रत्यक्ष रूपमा प्रभावित बनाएको छ। प्रदेशमा पनि किचलो र असन्तुष्टी बढेको छ।
कात्तिक १६ गते प्रधानमन्त्री सुशीला कार्कीले मुख्यमत्रीहरुसँग गरेको छलफलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सेवासुविधान खारेजीबारे असन्तु्ष्टी जनाएका थिए। सोमबार मात्र सभाखुम देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद घिमिरे, उपसभामुख इन्दिरा रानासहित संसद सचिवालयका कर्मचारीहरुले प्रधानमन्त्री कार्कीलाई भेटेर खर्च कटौती गर्ने निर्णयमा विरोध जनाएका थिए।
खासगरी सरकारले समन्वय र परामर्श नगरी एकलौटी ढंगले निर्णय गरेकोमा उनीहरुको असन्तुष्टी छ। आजको बैठकले सरकारको निर्णयविरुद्ध एकजुट भएर लाग्ने र उल्ट्याउन दबाब दिनेबारे रणनीति बनाउने बुझिएको छ।








