सरकारले जेनजी युवाहरुको माग र भावनालाई प्राथमिकता दिदै पहिलो पटक छलफल कार्यक्रम आयोजना गरी सुझाव लिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको अग्रसरतामा मन्त्रालयले पहिलो पटक जेनजी युवाका प्राविधिक क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरी सुझाव लिएको हो ।
मन्त्रालयले आज सुशासन, डिजिटल रुपान्तरण, डिजिटल अर्थतन्त्र, नविनतम प्रविधिको प्रवद्र्धनन र युवाहरुको संलग्नताबारे जेनजी युवाका प्राविधिक क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेको हो । अन्तरक्रियामा जेनजीका सूचना प्रविधि विज्ञहरुले सूचना प्रविधिको क्षेत्रमा युवापुस्तालाई समेटेर मन्त्रालयले आगामी कार्ययोजना बनाउनुपर्नेमा जोड दिएका थिए ।
छलफलमा सञ्चारमन्त्री खरेलले सूचना प्रविधिको अधिकतम प्रयोग गरी सुशासन प्रवद्र्धन र डिजिटल रुपान्तरणलाई प्राथमिकता दिइने बताए । उनले भने ‘सुशासनका लागि डिजिटल रुपान्तरणसहित डिजिटल अर्थतन्त्र, नविनतम प्रविधिको प्रवद्र्धनमा युवापुस्ताहरुको सुझाव लिएर आगामी रणनीति र कार्ययोजना बनाउने छौ’ ।
सञ्चारमन्त्री खरेलले जेनजी युवाहरुको आन्दोलनका क्रममा उठेको महत्वपूर्ण विषय सुशासन र प्रविधि सम्बन्धी कामलाई प्रभावकारी बनाउन प्रविधि क्षेत्रमा सम्वद्ध युवाहरुबाट आएको सुुझाव महत्वपूर्ण हुने बताए । उनले भने,“सञ्चार मन्त्रालयले बनाउने हरेक नीति र योजनामा जेनजी पुस्ताको सुझावलाई समेटेर ‘रोडम्याप’ बनाउनेछौँ, मन्त्रालयले यस्ता छलफललाई आगामी दिनमा पनि निरन्तरता दिनेछ ।”
सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा गठन भएको वर्तमान नागरिक सरकारले जेनजीको भावना बमोजिम निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्ने, सुशासन प्रवद्र्धनको कामलाई प्राथमिकता दिने र क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणको कार्यलाई अगाडि बढाउने बताए ।
मन्त्री खरेलले विपद्को समयमा प्रविधिको प्रयोगमार्फत गरिएको पूर्व सूचना प्रणालीका कारण जनधनको क्षती न्युनीकरण भएको भन्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रको सुधारका लागि प्रविधिको प्रयोग महत्वपूर्ण हुने बताए ।

यस्तै उनले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र मधेश प्रदेशमा टेलिफोन र इन्टरनेट सेवाको पहुँच विस्तार गरी सेवा गुणस्तरीय बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले प्रविधिको प्रयोग र विकासका लागि सञ्चारमन्त्रालयले विभिन्न योजना अगाडी बढाइरहेको सन्दर्भमा युवाहरुबाट आएका महत्वपूर्ण सुुझावलाई समटेर अगाडी बढ्ने बताइन ।
छलफलमा जेनजी युवाका प्रविधि क्षेत्रका प्रतिनिधिहरुहरुले भ्रष्टाचाररहित समाज निर्माण र सुुशासनको प्रवद्र्धनका लागि आवश्यक पूर्वाधारहरुको प्रभावकारी प्रयोगमा सरकारले काम गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रविधिको प्रयोग र विस्तारमा जोड दिनुुपर्ने, देशका सबै भूभागमा मोवाइल नेटवर्कको प्रभावकारी विस्तार गर्नुपर्ने, इन्टरनेट सेवा प्रभावकारी बनाउनुुपर्ने, डिजिटल अर्थतन्त्रका लागि नेपाल टेलिकमको सेवा र प्यान नम्बरलाई व्यवस्थित बनाउनुपर्ने, प्रभावकारी डाडा सेन्टर निर्माण गर्नुपर्ने, हेलो सरकार जस्ता टुुटेका कार्यक्रम सुुरुगरी आम नागरिकसँग जोडिनुु पर्ने उनीहरुको सुझाव छ ।
जेनजी प्रतिनिधि गौरव पाण्डेले देशका दूरदराजसम्म टेलिफोन र इन्टरनेट सेवाको पहुँच विस्तार गर्न आग्रह गरे । जेनजी अभियान्ता युजनराज भण्डारीले जेनजी अभियान्ता र विज्ञहरुबाट आएको सुझावलाई ग्रहण गरी सरकारले मुलुकमा सुशासन प्रवद्र्धन र निर्वाचन सम्पन्न गर्ने दिशामा अग्रसर हुनुपर्नेमा जोड दिए । अर्का प्रतिनिधि सुदीप लामिछानेले युवापुस्ताको भावनालाई समेटेर सरकारले डिजिटल रुपान्तरण र नवप्रवर्तनलाई विशेष प्राथमिकता दिनुपर्ने औंल्याए ।
अभियान्ता आयुससकाजी डङ्गोलले प्रविधिको प्रयोगमार्फत सरकारी सेवालाई सरल र सहज बनाइनुपर्नेमा जोड दिए । यस्तै आशिस रिमाल, निकेश कर्माचार्यलगायतले सरकारले गरेका काम कारबाहीलाई जनतासामु लैजानुपर्नेमा जोड दिए ।








