गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा जाने क्रममा देउवा सार्वजनिक भएका हुन् ।
यसैबीच सभापति सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिइन् ।
यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबारसम्म स्थगित भएको छ ।
आज सभापति देउवाले सम्बोधन गरेपछि बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो ।








