नेकपा (एमाले) ले पार्टीको ११ औं राष्ट्रिय महाधिवेशन मंसिरको अन्तिम साता गर्ने निर्णय गरेको छ ।

आज अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सम्पन्न सचिवालय बैठकले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको मिति तोक्न भने बाँकी छ ।

मिति र स्थान कमिटी बैठकले निर्धारण गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

यस्तै संसद् पुनर्स्थापनाका लागि अदालत जाने निर्णय भएको पनि उपमहासचिव ज्ञवालीले जानकारी दिए ।