असोज २६ गते बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक २८ गते बस्ने गरी सरेको छ ।

तीनदेखि सानेपामा बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक दुई दिन पर सार्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशन र पछिल्लो घटनाक्रमबारे ठोस धारणा तय गर्ने पनि उनले बताए ।