प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस वर्षको विजयादशमीमा टीका नलगाई जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको परिवारलाई भेटेका छन ।

प्रधानमन्त्री कार्की र संचारमन्त्री खरेलले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवार, नागार्जुन–३ की मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा बस्ने मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेको उनीहरुको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलले भेटे जेनजी आन्दोलनमा मृत्यु भएकाको परिवार

मन्त्री खरेलले सहिद परिवारसँग भेट गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, “प्रधानमन्त्रीले पनि विजया दशमीमा टीका लगाउनु भएन, मैले पनि टीका लगाइन, जेनजी आन्दोलनका मृतक तथा सहिद परिवारसँग भेटघाट र कुराकानी गरियो, सहिद परिवारको इच्छा सहिदको रगतले न्याय पाउनुपर्छ भन्ने चाहना रहेको थियो ।”