नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्रीमा नियुक्त भएकोमा कार्कीलाई बधाई दिएका हुन ।
उक्त पोस्टमा मोदीले लेखेका छन, नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई मेरो हार्दिक बधाई तथा शुभकामना। भारत छ।
भारतले शुक्रबार रातिनै नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको थियो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई भारतले नेपालको शान्ति र स्थायित्वलाई सुदृढ पार्ने सकारात्मक कदमका रूपमा लिएको जनाएको थियो।








