काठमाडौंको जडिबुटीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक नवलपरासीका २२ वर्षीय शिरिस पौडेल र काभ्रेका २३ वर्षीय नितेश नेपालको मृत्यु भएको हो।

प्रहरीका अनुसार जडिबुटीको आकासे पुल नजिकै रोकि राखेको बा प्र०१–००६ ख ४२४३ नम्बरको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनीहरूका उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।