बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

news-details

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ । ९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित थिए ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री बानियाँले एक सातापछि आज विश्वासको मत लिएका हुन् ।

प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसको ३७ र साझेदार एमालेका २७ सभासद् छन् ।

यस्तै प्रतिपक्षी नेकपा माओवादीका २१, राप्रपाका १३ (सभामुख सहित), नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया