आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

news-details

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर साधरणतया बदली रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ र पश्चिममा नेपालको तराईको नजिक अवस्थित रहेको महाशाखाले जनाएको छ ।

जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हल्का र थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।

यस्तै,महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै ,आज राति देशभर साधरणतया बदली रहनेछ। मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भाग र मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना महाशाखाले जनाएको छ।

कोशी, मधेस र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया