कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

news-details

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेलिविरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोप लगाउँदै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

साहले वडा नम्बर-६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग बिचौलियामार्फत घुस मागेको उजुरी परेपछि अख्तियारको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले मेयर साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको अवस्थामा घुस रकमसहित पक्राउ गरेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया