पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसुचना पाउनेछन् : गृहमन्त्री
- साउन २२, २०८२
- 0
गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसुचना प्राप्त गर्ने बताएका छन् ।
बिहीबार सबैका लागि पूर्वसुचना राष्ट्रिय कार्याशालामा बोल्दै उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्वसूचना प्राप्त गर्ने बताएका हुन् ।
उनले भने,‘नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्व सूचना बाहिर छ । २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ ।’
उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसंख्या अझै पनि पूर्वसुचनाको पहुँचमा नरहेको तथ्याङ्कमा रहेको बताउँदै त्यसमा नेपाल पनि रहेको बताए ।
‘संयुक्त राज्य संघले सन २०२२ मा घोषणा गरेर २०२७ भित्र एक तिहाइ मानिसले पनि सुचना प्राप्त गर्नुपर्छ भनेको छ । हामी अहिले त्यसको मार्गचित्र बनाउदै छौ थोरै पछाडी परेका छौ अबको पाँच वर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्व सुचना पाउने सुनिश्चिता गर्छ,’उनले भने ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






