सभामुख घिमिरेसमक्ष ‘कुलिङ पिरियड’ छानबिन समितिको प्रतिवेदन पेस (पूर्णपाठ)

news-details

सभामुख देवराज घिमिरेलाई संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ छेडखानी छानबिनका लागि गठित संसदीय समितिले प्रतिवेदन बुझाएको छ ।

मंगलबार समितिका संयोजक जीवन परियारले सभामुखलाई प्रतिवेदन बुझाएका हुन् । २९ दिन लामो सरोकारवालासँगको छलफलपश्चात समितिले प्रतिवेदन तयार गरेको हो । यो बीचमा समितिको ३७ वटा बैठक बसेको थियो ।

गत असार २३ गते संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

समितिमा कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया