एमालेले टुंगो लगायो वागमती प्रदेश सरकार पठाउने मन्त्रीहरुको नाम
- साउन २०, २०८२
- 0
नेकपा एमालेले वागमती प्रदेश सरकारमा पठाउने नयाँ मन्त्रीहरुको नाम टुंगो लगाएको छ । कांग्रेसका इन्द्र बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लागेको हो ।
एमाले पार्टीको भागमा परेका ६ जना मन्त्रीकै नाम टुंगो लगाएको हो । जसमध्ये एक जना मन्त्री दोहोरिएका छन् भने पाँच जना नयाँलाई पठाउने भएको छ ।
दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापामगर छन् । उनी सोही मन्त्रालयको जिम्मेवारीमा दोहोरिने भएका हुन् ।
एमालेले श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयराम थापा, वन तथा वातावरण मन्त्रीमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रीमा काठमाडौंका डा.दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा काठमाडौंकै विन्दु श्रेष्ठको नाम टुंग्याएको हो ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






