आज संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दैँ

news-details

आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्ने भएको छ ।

मंगलबार प्रतिनिधि सभा अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा दफावार छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ भने बैठक १० बजे बस्नेगरि तय भएको छ ।

साथै, दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भने जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया