दुर्गा प्रसाईंसहित ४ जनालाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

news-details

उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

१८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गरिएको कर्जा अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा प्रसाईंलाई निर्दोष भन्न नसकिने तर उनी क्यान्सर रोगबाट पीडित रहेको प्रमाणलाई समेत आधार मान्दै धरौटीमा छाड्न आदेश दिएको हो ।

यस्तै सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई ५०-५० हजार रुपैयाँ धरौटी तथा दण्डपाणि रेग्मीलाई १० हजार रुपैयाँ धरौटीमा छाडन आदेश दिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया