कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी, राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी

news-details

कक्षा १२ को नतिजा सार्वजनिक गर्न लागिएको छ । रिजल्ट प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक सानोठिमीमा सुरू भएको छ । बैठक सकिएलगत्तै रिजल्ट आउट गर्ने बोर्डका अध्यक्ष माहाश्रम शर्माले जानकारी दिए ।

गत वैशाखमा सञ्चालत १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार छन् ।

शिक्षकहरूको आन्दोलनका कारण वैशाख ११ को पूर्वनिर्धारित परीक्षा १० दिन धकेलिएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया