सप्तकोशी नदीमा पानीको बहाव उच्च, ५६ ढोकामध्ये २३ ढोका खोलियो
- साउन १९, २०८२
- 0
लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले दिएको जानकारी अनुसार सर्वसाधारणलाई सतर्क रहनका लागि आग्रह गरिएको छ । कोशी ब्यारेजका ५६ ढोकामध्ये हाल २३ ढोका खोलिएको छ ।
पानीको बहाव १ लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि सर्वसाधारणलाई सतर्क गराउन खतरा संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधानअनुसार कोशी ब्यारेजमा हाल रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।
यसैबिच कोशी प्रदेशमा मनसुन सक्रिय भएकाले आवश्यक सतर्कता र प्रतिकार्यमा जुट्ने निर्णय भएको सकारका प्रवक्ता तथा विपद् समेत हेर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले जानकारी दिए ।
आइतबार बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकका निर्णय सुनाउने क्रममा उनले सरकारले कोशी प्रदेशमा थप सक्रिय भएको मनसुनको प्रतिकार्य जुटाउने निर्णय समेत गरेको जनाएका हुन् ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






