अध्यक्ष प्रचण्डले जवाफ दिएपछि माओवादी केन्द्रको बैठक समापन हुने
- साउन १९, २०८२
- 0
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार सकिँदैछ।
बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुने बैठकमा अध्यक्षले जवाफ दिने कार्यसूची रहेको प्रवक्ता अग्निप्रसमाद सापकोटाले जानकारी दिए। त्यसअघि बोल्न बाँकी महासचिव देव गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्ना कुरा राख्नेछन् ।
शुक्रबारदेखि जारी बैठकमा अरु सबै नेताहरुले धारणा राखिसकेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिइसकेपछि आवश्यक निर्णय गरी बैठक समापन हुने सापकोटाले बताए। प्रचण्डको प्रस्तावमा उपमहासचिव जनार्दन शर्मा, सचिव रामकार्कीलगायत केही नेताले प्रश्न उठाए पनि धेरैले समर्थन गरेका छन् ।
विशेष महाधिवेशनको प्रस्ताव गरेका उपमहासचिव शर्मालाई बैठकमा बोल्ने सदस्यहरूले आत्मालोचना गर्न सुझाव दिएका थिए । तर, शर्माले भने पार्टीको जनमत घट्नुमा अध्यक्ष नै पूर्ण जिम्मेवार हुने भएकाले आफूले आत्मालोचना गर्दा प्रचण्डले पनि दोषको भारी उठाउनुपर्ने बताउनुभएको थियो ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






