प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता हुदै, मन्त्री हेरफेरका विषयमा छलफल हुने

news-details

संघीय सरकारका मन्त्री हेरफेरबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदैछ।

प्रधानमन्त्री ओलीले सरकारले एक वर्ष समय गुजारेपछि मन्त्रिपरिषदमा उल्लेख्य फेरबदलको तयारी गरेका छन्। यसअघि नै मन्त्री फेर्न चाहे पनि कांग्रेसले नमान्दा सम्भव हुन सकिरहेको थिएन।

कमजोर कार्यसम्पादन भएका मन्त्रीबारे यसअघि नै ओलीले कांग्रेससँग एक चरण कुराकानी गरिसकेका छन्। तर, एमाले मन्त्रीको सेट नै फेर्ने मनशायमा रहँदा कांग्रेसले भने सबै मन्त्री फेर्ने पक्षमा छैन।

केही दिनअघि मात्र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले समेत आफ्नो पार्टीबाट सरकारमा सहभागी श्रममन्त्री शरदसिंह भण्डारीलाई पदमुक्त गर्न पत्र पठाएका थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया