भ्रष्टाचार र विकृति फैलाएको भन्दै ब्लु डाइमन्ड सोसाइटीको कार्यालयमा लफडा
- साउन १४, २०८२
- 0
पूर्वसांसद सुनीलबाबु पन्तको नेतृत्वमा रहेको टोलीले ब्लु डाइमन्ड सोसाइटीको कार्यालय घेराउ गरेका छन् ।
बुधबार शीतल पिंकी गुरुङ नेतृत्वको ब्लु डाइमन्ड सोसाइटीले समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगीको नाममा भ्रष्टाचार गरेको आरोप लागाउदैँ धुम्बाराहीस्थित कार्यालय घेराउ गरेको हो ।
सक्कलीको नाममा नक्कली तेस्रोलिङ्गीहरू हुलेर विकृति फैलाएको उनीहरूमाथि आरोप लगाइएको छ ।
पूर्वसांसद पन्तले संस्थाको कार्यक्रम सुकुटेबीचमा गएर गरेको भन्दै आपत्ति जनाए । कार्यालयमा गर्न मिल्ने कार्यक्रमहरु बाहिर होटल रिसोर्टमा गएर गर्दा अनावश्यक खर्च गरेको उनको भनाई छ ।
उनले भने, ‘संस्थाको कार्यक्रम सुकुटेबीचमा गएर गर्नु मेरो लागि त्यति उपयुक्त लागेन । हाम्रो कुरा भनेको कार्यक्रमहरु अरु होटेलमा गएर किन गर्ने यही कार्यालयमा गर्दा पनि हुन्छ भन्ने हो । कार्यक्रम धेरै लक्षित वर्गमा पुगोस् । होटल र रिसोर्टमा पैसा सकाउने काम नहोस् । किनकी सरकारले समुदायलाई हेरेको हुँदैन् ।’
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






