प्रधानमन्त्रीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्‍न लागेको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रिय सभाको आजको बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति ९एलडीसी ग्रयाजुएसन०सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलपछि प्रधानमन्त्री ओलीले सम्बोधनसहित जवाफ दिने कार्यक्रम रहेको छ ।

राष्ट्रिय सभा बैठक दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया