राष्ट्रिय सभाको बैठक बस्दै

news-details

आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक नयाँ बानेश्वर स्थित संसद् भवनमा दिनको १ः१५ बजे बस्न लागिएको हो ।

आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका माननीय सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।

यस्तै बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले ‘चलचित्र विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया