पहाडी भू–भागका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना
- साउन १४, २०८२
- 0
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जानकारी दिएको छ ।
जसका कारण हाल देशभर साधरणतया बदली रही कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति भने देशको पहाडी भू–भागमा साधारणतया बदली रहि तराई भू–भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






