आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी

news-details

समाजवादी मोर्चा नेपालको बैठक सुरू भएको छ । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अर्का नेता कृष्ण महरा पनि बैठकमा पुगेका छन् ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, मोर्चाको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

माओवादी, नेकपा एस, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेसपा सहभागी मोर्चालाई एउटै पार्टी रूपान्तरण गर्ने गरी छलफल चलिरहेको बताइन्छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया