बागमती कांग्रेस संसदीय दलको बैठक सुरु, अविश्वास प्रस्तावमाथि छलफल हुँदै
- साउन १३, २०८२
- 0
बागमती प्रदेशमा राजनीतिक हलचल चुलिँदै गर्दा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । बैठक मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको हो ।
बैठकमा कांग्रेसको केन्द्रीय नेतृत्वबाट प्रतिनिधि रूपमा राजन केसी पनि सहभागी छन् । बैठकको प्रारम्भमै केसीको सहभागिता र केन्द्रबाट पठाइएको पत्र औपचारिक रूपमा पढेर सुनाइएको थियो ।
त्यसपछि संसदीय दलका नेता तथा वर्तमान मुख्यमन्त्री लामाविरुद्ध पेश गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ । बैठकमा अब प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन तथा सनाखत प्रक्रिया अघि बढ्नेछ ।
संसदीय दलका स्रोतका अनुसार, प्रस्तावको टुंगो लगाउन आजै मत विभाजन हुने सम्भावना उच्च छ । प्रदेश सरकारको नेतृत्वमा रहेका बहादुर सिंह लामाको बहुमत टिकाउन सक्ने या न सक्ने भन्ने विषयमा बैठक निर्णायक बन्नेछ ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






