आज देशभर नाग पञ्चमी मनाइँदै
- साउन १३, २०८२
- 0
आज नाग पञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमीमा घरका मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रहेको छ ।
नागको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ । सामान्यतया अगाडी सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।
नागहरू अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरू आआफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ । नाग पञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पनि पाइन्छ ।
0 प्रतिक्रिया
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]
पेट्रोलियम पदार्थको मूल्य यथावत्, आयल निगमलाई १५ दिनमै १.९१ अर्ब घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट […]
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक […]





