उपसभामुख राना चीन भ्रमणबाट स्वदेश फिर्ता
- साउन १२, २०८२
- 0
उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरि हिजो राती स्वदेश फर्किएकी छन् । ।
चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राती ११.३० बजे स्वदेश फर्किएकी हुन् ।
उपसभामुख राना श्रावण ७ गतेदेखि ११ गते सम्म आयोजित सांघाई सहयोग मञ्च, मिडिया र थिंक ट्याङ्क शिखर सम्मेलनमा सहभागी भएकी थिइन् ।
सो कार्यक्रममा उनले ‘विकासको लागि शक्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण’ विषयमा मन्तव्य राखेकी थिइन् भने हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका सयौ सोही प्रान्तमा अवस्थित झेङझोउ शहरलगायत विभिन्न स्थानहरूको अवलोकन भ्रमण समेत गरेकी छिन् ।
उपसभामुख राना नेतृत्वको प्रतिनिधि मण्डलमा संघीय संसद सचिवालयका उपसचिव जगदिश न्यौपानेसमेत सम्मिलित थिए । दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टोली साउन ६ गते त्यस तर्फ प्रस्थान गरेका थिए ।
0 प्रतिक्रिया
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]
पेट्रोलियम पदार्थको मूल्य यथावत्, आयल निगमलाई १५ दिनमै १.९१ अर्ब घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट […]
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक […]





