ओलीले गरे बीपीको प्रशंसा : ‘बीपीले नेपाल र भारतका लागि योगदान गरेका छन’

विपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बाट चार जना पुरस्कृत
news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाले नेपालका लागि मात्रै नभइ भारतका लागि समेत काम गरेको बताएका छन् ।

आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ समर्पण समारोह कार्यक्रममा बोल्दै उनले भारतीय नेताहरु कठिन समयमा हुँदा उनले लुकेर काम गरेको बताएका हुन् ।

उनले भने,‘बीपी कोइराला नेपालका लागि मात्रै होइनन् । भारतमा ‘अंगे्रज भारत छोड्दो’ भन्ने आन्दोलनमा पनि पर्नु भएको थियो । भारत स्वतन्त्र गराउनका लागि समेत र भारतीय नेताहरु कठिन समयमा हुँदा बीपीले लुकेर समेत उनले काम गरेका थिए । त्यसकारण नेपालका समाजवादीहरुको र भारतका समाजवादीहरुसँगको भावनात्मक सम्बन्ध हुनु एउटा महत्वपूर्ण कुरा थियो ।’

उनले राजनीतिमा कतिखेरको जेल परिन्छ भन्न नसकिने भएकाले राजनीतिमा पूर्वाग्रह, प्रतिशोध भइरहने बताए । साथै उनले राजनीतिको दौडमा, परिर्वतनको झन्डा बोक्नेहरुमध्ये बीपी कोइराला समेत एक नेता रहेको उल्लेख गरे ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा चार प्रतिभाहरुलाई पुरस्कृत गरेका छन् ।

बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला), भुुवन ढुुङ्गाना कोइरालालाई जनही रु एक लाख राशीसहित पुरस्कृत गरेका हुन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्यमा अतुलनीय योगदान गरेका जननायक विश्वेश्वरप्रसाद (विपी) कोइरालाले राजनीति र साहित्यमा दिएका योगदानलाई चिरपर्यन्त कायम राख्न नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत् उक्त पुरस्कारको व्यवस्था भई २०७८ मा कार्यविधि जारी भएपछि हरेक वर्ष पुरस्कार वितरण हुँदै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया