बाजुरामा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो

news-details

बाजुरामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

हिमाली गाउँपालिका–५ मा पर्ने कवाडी–क्युडी सडकको टुनीगडामा जीप दुर्घटना हुँदा घाइते भएका १५ जनामध्ये तीनजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएकी सोही गाउँपालिका–५ की ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको हो ।

यसअघि ७६ वर्षीय बिजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकायाको घटनास्थलमै मृत्यु भएको थियो।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया