विपद् व्यवस्थापनका लागि ड्रोन प्रयोग गर्ने सम्बन्धी सम्झौता
- साउन ६, २०८२
- 0
गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) संघ बीच विपद्मा परेका व्यक्तिहरूको खोज तथा उद्धार र विपद् व्यवस्थापनका क्षेत्रमा तत्काल मानवरहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्ने सम्बन्धी सम्झौता भएको छ ।
मंगलबार मन्त्रालयमा आयोजित एक समारोहकाबीच उक्त सम्झौतापत्रका हस्ताक्षर भएको हो ।
हस्ताक्षरपछि गृहमन्त्री रमेश लेखकले अहिले नेपाल अत्यन्तै धेरै विपद्को जोखिमा रहेकाले यो सम्झौता महत्वपूर्ण रहेको बताए ।
उनले विपद्मा ड्रोनको माध्यमबाट खोज र उद्दार गर्ने, तत्काल चाहिने र अत्ति आवश्यक राहतहरु पठाउने जानकारी गराए ।
उनले भने,‘हामी अत्यन्तै धेरै विपद्को जोखिमा छौं । त्यसैले विपद्को पूर्व सूचना र प्रतिकारका लागि तयारी अवस्थामा बस्नुपर्ने छ । एउटा महत्वपूर्ण काम हामीले गरेको छौं । सूचनाहरु पहिले नै लिइ सो ठाउँका मानिसहरुको ज्यानको सम्पत्तिको रक्षा गर्ने कुरामा अगाडि बढ्छौं । विपद्मा ड्रोनको माध्यमबाट खोज र उद्दार गर्न र तत्काल चाहिने र अत्ति आवश्यक राहत पठाउन सकिने छ ।’










