मध्यपहाडी लोकमार्गको सडक धसियो, धसिएको भाग माटोले छोपेको आरोप
- साउन ६, २०८२
- 0
पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत रामेछापको सुनापति गाउँपालिका–४ बेथानको च्याँडी पाखामा निर्माणाधीन सडक धसिएको छ ।
च्याँडीको अक्कर भीरमा पिच गरिएको झण्डै ३० मिटर सडक भासिएको स्थानीयले बताएका छन् । सो सडकमा कालोपत्रेको काम सकिने बित्तिकै माथिबाट आएको पहिरोले सडकमा क्षतिपुगेको हो ।
निर्माण कम्पनीले धसिएको ठाउँमा सडक पुर्न माटोले छोपेको स्थानीयको गुनासो छ । धसिएको सडक पुनःमर्मत गर्नुपर्ने माग स्थानीयवासीको रहेको छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खाका सूचना अधिकारी हर्कबहादुर प्रधानले पनि सडकमा केही क्षति पुगेको कुरा स्वीकार गरे ।
सो हेर्नको लागि प्राविधिक टोली पठाउँदा माथिबाट आएको पहिरो सहितको बाढीले सडकलाई क्षति पु¥याएको बताउँदै उनले सो पानी कटाएपछि समस्या समाधान हुने जानकारी दिए ।
‘माथिबाट पानी आएर सडकको केही भाग धसिएको रहेछ, पानी कटाएपछि ठिक हुन्छ । प्राविधिक हिसाबले पनि के हुन्छ हामी हरेर काम गर्छौँ’, उनले भने ।
0 प्रतिक्रिया
प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता […]
कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका […]
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]






