नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।

पार्टी मुख्यालय च्यासलमा बैठक सुरू भएको हो । आजको केन्द्रीय कमिटी बैठकमा सचिवालय र पोलिटव्यूरोबाट पारित विधान संशोधन प्रस्तावमाथि विस्तृत छलफल हुने जनाइएको छ।

च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक सुरू

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएअनुसार, विधान संशोधन प्रस्तावमा पार्टीको ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल मात्रै रहन पाउने व्यवस्थालाई हटाउने प्रस्ताव गरिएको छ।

विधान संशोधनसम्बन्धी प्रस्तावका अलावा पार्टीको संगठनात्मक कामको ‘रिपोर्टिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा पनि छलफल हुनेछ।