नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

news-details

आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठक बस्दैछ । सोमबार बिहान ११ बजे ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो ।

बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

आजबाट सुरु हुने बैठकमा यसअघि सचिवालय र पोलिटब्यूरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमा छलफल हुनेछ । यो बैठक दुईदिन सम्म चल्ने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया