एमालेको पोलिटब्युरो बैठकबाट विधायन संशोधन प्रस्ताव पारित, उमेर हदको व्यवस्था खारेज गर्ने
- साउन ३, २०८२
- 0
नेकपा एमालेको पोलिटब्युरो बैठकले विधायन संशोधन सम्बन्धि प्रस्तावलाई पारित गरेको छ ।
शनिबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले विधायन संशोधन सम्बन्धि प्रस्ताव पारित गर्दै उमेर हदको व्यवस्थालाई खारेज गर्ने प्रस्ताव स्विकार गरेको नेकपा एमालेका स्थायी समिति सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।
उनले भने, ‘ विधायन संशोधन सम्बन्धि प्रस्तावलाई पोलिटब्युरो बैठकले स्विकार गरेको छ । सर्वसहमतिले विधायन संशोधनलाई पारित गरेको छ । विषेशगरी त्यस भित्रका दुइवटा कुरा पार्टी भित्र दुई सदस्यताको व्यवस्था पार्टीको संगठित सदस्यता र पार्टी सदस्यता भन्ने दुई वटा व्यवस्था र अर्को धारा ३४ को उमेर हदको व्यवस्थालाई खारेज गर्ने कुरा स्विकार गर्दै आजको बैठकले यिनै निर्णय गरेको छ ।’
उनले ६८ जना पोलिटब्युरो सदस्यहरुले आफ्नो धारण राख्दै पार्टीको जिल्ला कमिटिलाई कार्यकारी कमिटिकै रुपमा लिएर अगाडि बढ्ने बताए ।
0 प्रतिक्रिया
प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता […]
कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका […]
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]






