रास्वपाले सार्वजनिक गर्यो उम्मेदवार छनोटको मापदण्ड
रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजारले गरे हस्ताक्षर, ६० लाख खर्च हुदा ४६ लाख सहयोग संकलन
- साउन १, २०८२
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै तहका निर्वाचनमा योग्य उम्मेदवार चयन गर्न पारदर्शी, लोकतान्त्रिक र वैज्ञानिक पद्धतिमा आधारित उम्मेदवार छनोट विधि सार्वजनिक गरेको छ ।
पार्टीको विधानको भाग १९ र २० मा उल्लेखित लिडरशिप एकेडेमी, उम्मेदवार क्लब र प्रारम्भिक निर्वाचन प्रणालीको मर्म अनुसार तयार गरिएको यो विधि उम्मेदवार छनोटलाई थप व्यवस्थित, संस्थागत र वस्तुनिष्ठ बनाउने उद्देश्यले ल्याइएको हो ।
पार्टीले यस्तो विधिबाट मात्रै देश र जनताप्रति प्रतिवद्ध, योग्य, र सक्षम उम्मेदवार चयन गर्न सकिने जनाएको छ । यस प्रणालीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउने, निर्वाचनमा प्रतिस्पर्धात्मकता बढाउने र आम नागरिकको विश्वास जित्ने अपेक्षा गरिएको छ ।
रास्वपाको यो नयाँ उम्मेदवार छनोट विधिले नेपाली राजनीतिको पारदर्शिता, जवाफदेहीता र समावेशितालाई संस्थागत गर्दै जनतामाझ पार्टीको विश्वसनीयता बढाउने ठोस प्रयासका रूपमा हेरिएको छ । पार्टीले नेतृत्व विकासमा लगानी गर्दै अबको राजनीति मूल्य, सिद्धान्त र क्षमतामा आधारित हुने संकेत दिएको छ ।
रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ ले गरे हस्ताक्षर, ६० लाख खर्च हुदा ४६ लाख सहयोग संकलन
यसैबीच पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको दावी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सुरू गरेको हस्ताक्षर अभियानमा हालसम्म २४ लाख ५७ हजार धेरैले हस्ताक्षर गरेका छन् ।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता दीपक बोहराले हस्ताक्षर अभियानलाई अझै अगाडि बढाउने पार्टीको तयारी रहेको बताए। अभियानलाई अझै ब्यापक बनाउनको लागि साउन ५ देखि वडा समितिले घरदैलो अभियान चलाउने जानकारी दिएका हुन् ।
अभियानका लागि छुट्टै कोष संचालन गरिरहेको र यस अभियानमा हालसम्म ५९ लाख ६८ हजार रुपैयाँ खर्च भइसकेको नेता दीपक बोहोराले जानकारी दिए। हस्ताक्षर अभियानसँगै चन्दासमेत संकलन भइरहेको छ। जसअन्तर्गत हालसम्म ४६ लाख १२ हजार ६ सय ३७ रुपैयाँ मात्र संकलन भएको उनले बताए।











