विवादास्पद मन्त्री अधिकारीले पत्रकार सम्मेलन गर्दै

news-details

३२ लाख घुस रकम लिएको दाबीसहित अडियो क्लिप बाहिरिएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आज पत्रकार सम्मेलन गर्दै छन् ।

दिउसो ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउन उनले ३२ लाख घुस रकम लिएको अडियो बाहिरिएको थियो ।

यसअघि केही दिनअघि घुस डिल अडिओ प्रकरणमा जोडिएपछि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया