पनौति नगरपालिकाका सुदर्शन खत्रीको दुवै मिर्गौला फेल, सहयोगको अपेक्षामा परिवार
- असार ३०, २०८२
- 0
काभ्रे जिल्ला पनौति नगरपालिका वडा न. २ निवासी सुदर्शन खत्रीको दुवै मिर्गौला फेल भएको छ।
पनौति २ का २४ वर्षिय सुदर्शन खत्रीको विगत केही समय अघि देखि दुवै मिर्गौलाले काम नगर्ने भएको हो । पनौति नगरपालिका बडा न. २ गोठखोला निवासी उद्धव खत्रीका छोरा सुदर्शन खत्रीको दुवै मिर्गौला फेल भइ हाल भक्तपुर धर्म भक्त अङ्ग प्रत्यारोपण केन्द्रमा डाईलोशिस गराईरहेका छन् ।
अचानक पिसाब नभएपछि मिर्गौलामा खराबी भएको आशंकामा परीक्षण गर्दा दुवै मिर्गौलाले काम नगरेको पिता उद्धव खत्रीले जानकारि दिए। जिल्ला अस्पताल काभ्रेमा परीक्षण गर्दा भक्तपुर धर्म भक्त अङ्ग प्रत्यारोपण केन्द्रमा ‘रिफर’ गरिएको परिवार स्रोतले जनाएको छ।
अहिले सुदर्शनको अवस्था जटिल बन्दै गएको र एक–एक दिनको अन्तरमा डायलाइसिस गर्नुपरेको परिवार स्रोतको दाबी रहेको छ । छोराको उपचारका लागि अहिलेसम्म लाखौ रुपैयाँभन्दा बढी खर्च भइसकेको पीता उद्धव खत्रीले बताए । आर्थिक स्थिति अत्यन्तै कमजोर भएर उपचार मै समस्या परेकोले सहयोगी मनकारी हातहरुको सहयोगको अपेक्षामा रहेको परिवार स्रोतले जनाएको छ ।
मिडिया क्षेत्रका मान्छेहरुसँग खासै परिचय नभएका कारण आफ्नो परिवारको समस्या बाहिर नआउँदा सहयोग गर्ने मन भएकाहरूले पनि सहयोग गर्न नपाएको हुन सक्ने भन्दै सहयोगी मनकारी हातहरुको सहयोगको अपेक्षामै दिन बिताउन वाध्य भएको पीडित परिवारको गुनासो रहेको छ ।
बिरामी रहेको थाहा पाउनसाथ ब्यवसायि बबालकृष्ण हुमागाईले सहयोग स्वरूप ११,१११ रुपैयाँको चेक बिरामीका बाबुलाई हस्तान्तरण गरेका छन् ।











