सुनसरीमा गोली हानेर एक किशोरीको हत्या
- असार ३०, २०८२
- 0
सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर–६ की १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
घरेलु विवाद हुँदा भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले गोली प्रहार गरेका जनाइएको छ । गोली प्रहारबाट अर्चनाको घटनास्थलमै मृत्यु भएको खतिवडाले बताए ।
गोली प्रहार गरेलगत्तै आरोपी मियाँ फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
मन्त्रिपरिषद् बैठककाे निर्णय : सेयर लाभमा अग्रिम कर घट्यो, बाढीपीडितका लागि अस्थायी आवासको तयारी

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]
चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेका छन् । आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र […]





