काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते
- असार २९, २०८२
- 0
काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुदांलीका अनुसार काठमाडौंदेखि दाङ जाँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो।
लु।प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन जनको अवस्था गम्भीर रहेको उनले बताए। गम्भीर घाइते भएकालाई बुटवल लगिएको छ भने बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक चुदांलीको भनाइ छ।
0 प्रतिक्रिया
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
मन्त्रिपरिषद् बैठककाे निर्णय : सेयर लाभमा अग्रिम कर घट्यो, बाढीपीडितका लागि अस्थायी आवासको तयारी

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]
चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेका छन् । आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र […]





