२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता
- असार २६, २०८२
- 0
पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद् सम्बन्धी घटनाहरू दर्ता भएका छन् । यस अवधिमा चार जनाको मृत्यु, ६ जना बेपत्ता र ६ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
असार २५ गते बिहान १० बजेदेखि असार २६ गते बिहान १० बजेसम्मको अवधिमा सबैभन्दा धेरै बाढी र पहिरोका घटना दर्ता भएका छन् । बाढीका कारण १ जनाको मृत्यु, ५ जना बेपत्ता र ५ जना घाइते भएका छन् भने पहिरोका कारण १ जनाको मृत्यु, १ जना बेपत्ता र १ जना घाइते भएका छन् ।
चट्याङ लागेर २ जनाको ज्यान गएको छ । त्यस्तै, आगलागी, जनावर आक्रमण लगायतका घटनाहरू समेत रिपोर्ट भएका छन् । यस अवधिमा चौपाया ९ वटा मरेका छन् भने करिब ३८ लाख ३७ हजार ४ सय रुपैयाँ बराबरको सम्पत्ति नोक्सानी भएको अनुमान गरिएको छ ।
यस अवधिमा प्रहरी र उद्धार टोलीहरू गरी ४९८ जना परिचालित भएका छन् ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






