दाउन्नेमा बाटो भासिदा नारायणघाट–बुटवल सडक खण्ड पुर्णरुपमा बन्द
- असार २५, २०८२
- 0
नवलपरासी जिल्लाको (बर्दघाट सूस्ता पश्चिम) मा बदर्घाट नगरपालिका ४ अन्र्तगत पर्ने दाउन्ने जंगलको खुर्सानी खोला स्थीत पूर्वपश्चम राजमार्गमा सड्क भासिदा नारायणघाट–बुटवल सडक खण्ड पुर्ण रुपमा बन्द भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिीमका सुचना अधिकारी डिएसपी बिरदत्त पन्तका अनुसार मंगलबार राती देखी आएको वर्षातका कारण बिहान करीब ५ः५५ बजेको समयमा ३/४ फिट जति बाटो भासिएपछि बाटो दुई तर्फिनै बन्द हो ।
‘उक्त सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु १ क ५८२७ नंबरको ट्रक सडक बिचमा फसेको थियो । अहिले ट्रक लाई निकालेर सुरक्षित स्थानमा पठाइसकिएको छ भने बाटो मर्मत गर्ने काम सुरु हुँदै छ,’ उनले भने,‘दुबै तर्फ गाडिको लामो जाम भएका कारण सवारी व्यवस्थापनमा समस्या भइरहेको छ ।’
पानी पर्ने क्रम नरोकिएकाले त्यस क्षेत्र हुँदै चल्ने सवारी साधनलाई बैकल्पीक बाटो प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






