नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध

news-details

नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएको हो ।

आइतबार आएको बाढीले बगाएपछि सडक पुनः सडक अवरुद्ध हुन पुगेको हो ।

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिदा सडकमा यातायात अवरुद्ध भएको थियो ।

अस्थायी रूपमा सञ्चालनमा ल्याइ आइतबार बिहानदेखि यातायात सञ्चालन भएको हो ।

शनिबार राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर भाँचिएको पुल निर्माण गरेपछि अस्थायी रूपमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया